राजनीति

नवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण


काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । बुधबार शपथग्रहण कार्यक्रम लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि राष्ट्रपति भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् ।

शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो ।