राजनीति

एकीकृत समाजवादीले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि आज छलफल हुँदैछ । स्थानीय तहसम्मै पाँच दलीय गठबन्धन विस्तार गर्ने र आगामी निर्वाचनसम्मै गठबन्धन कायम राख्ने प्रस्तावसहितको प्र्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने छन् ।

पाँच वटा समूहमा सदस्यहरू विभाजित भएर राजनीतिक प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । राजनीतिक प्रस्ताव पारित र विभिन्न समसामयिक निर्णय गर्दै आजै बैठक सक्ने तयारी रहेको उहाँले बताउनुभयो । बैठकले नेताहरूको कार्यविभाजन र संगठन विस्तारबारे पनि निर्णय लिने भएको छ ।