राजनीति

कस्तो राजनीतिक संस्कार दिँदैछ नेताहरु ? शीर्ष नेताहरुकै भाषणा स्तरहिन (भिडियोसहित)


काठमाडौँ – नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अस्थित्वमा आएको सात महिना पुरा भयो । यसबीचमा केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालको आ–आफ्नै राजनीतिक दल बनिसकेको छ । उनीहरु पार्टीगत रुपमा नै अलग्गिसकेका छन् । तर एकअर्कालाई घोचपेच र गालीगलौज गर्ने सवालमा भने उनीहरु अझै थाकेका छैनन् । पछिल्लो समय शीर्ष नेताहरुका लागिसार्वजनिक मञ्चहरु एक–अर्कालाई गाली गरेर कार्यकर्ताको ताली खाने थलो बनेको छ ।

शीर्ष नेतृत्वकै टकरावका कारण २०७७ फागुन २३ मा विकास र समृद्धि मुख्य नारा बनाएको नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आयो । जनमतले झन्डै दुई तिहाईको स्थायी सरकार बनाई दिए पनि शीर्ष नेतृत्वबीचको मतभेदले नेकपा तीन वर्ष पनि टिक्न सकेन ।

नेकपा एमाले र माओवादी जेठ २ मा फर्किए । यसबीचमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नयाँ पार्टी बनाए । तर बोली र व्यवहारमा शीर्ष नेताहरुको शैली भने पुरानै छ । अझै एक अर्काप्रति कटाक्ष गर्न छोडेका छैन्न् । शीर्ष नेताहरुमा एक अर्काप्रति तुच्छ बचन सहित एकले अर्कालाई खुइल्याएर आफू उचो देखिने संस्कृकिो विकाश भैरहेको छ ।

नेताहरु एक–अर्कालाई गालीगलौज र घोचपेचमा आफ्नो पदीय मर्यादा समेत ख्याल गर्दैन्न । सर्वजनिक मञ्चहरु राजनीतिक र वैचारिक मतभिन्नता राख्ने भन्दा पनि व्यतिmगत प्रतिशोध पोख्ने थलो बनेको छ ।

राजनीतिप्रति धेरैको वितृष्णा छ । राजनीति फोहोरी खेल हो भन्ने वाक्य धेरै पुरानो हो । यो भनाई नेताहरुले चरितार्थ गर्दै लगेका छन । राजनीतिक संस्कृतिको अभावमा, सृजनात्मक आलोचना गर्न सक्ने हैसियत नेपाली नेताहरुमा नहुँदा उनीहरुको भाषणमा गुणस्तरियता नआएको कतिपयको बुझाइ छ । ।

सक्रिय राजनीतिमा फरक राजनीतिक विचारधाराका कारण पक्ष विपक्षमा एक अर्काको आलोचना गर्नु स्वभाविक हो । मुलुक र नागरिकको हितका बारेमा पक्ष र प्रतिपक्षमा उभिएर खबरदारी गर्नु राजनीतिक कर्तव्य पनि हो । तर क्षणिक लोकपृयताकै लागि नेताहरु तत्लो स्तरको गाली गलौजमा उत्रिदा मुलुकको राजनीतिक वृत्त मात्र होइन समाजमा समेत कस्तो असर पर्छ यसतर्फ पनि ध्यानकर्षण हुन जरुरी छ ।