राजनीति

कांग्रेस काठमाडौंको वडा अधिवेशन आज


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको काठमाडौंको वडा अधिवेशन आज हुँदैछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

सदस्यता विवादका कारण पूर्वनिर्धारित समय भदौ १८ मा वडा अधिवेशन हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर पठाइसकेकाले आज वडा अधिवेशन गर्न लागेको कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिनुभयो । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् ।

महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वटा वडा रहेका छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।