राजनीति

प्रतिनिधिसभाको अर्काे बैठक बिहीबार बस्ने


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आगामी बिहीबार बस्ने गरि स्थगित भएको छ ।

विनियोजन विधेयक पारित भएपछि बजेटसम्बन्धी अन्य विधेयकहरु आज मात्र स्वीकृत भएकाले विधेयक परिपक्क्व बनाएर दफावार छलफलका लागि बिहीबारको समय तोकेका सभामुख अग्निप्रसाद सापककोटाले त्यही दिनसम्म प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभाले आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने विधेयकमाथि दफावार छलफल भई पारित गर्ने तयारी गरेको छ ।