राजनीति

दह्रोसँग टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरे : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई नेकपा एमालेका नेताहरु घनश्याम भुसाललगायतका १० जना नेताले घात गरेको आरोप लगाएका छन् । प्रचण्डले आफूलाई पहिले खुट्टा नकमाउनुस् भनेर उक्साएको र पछि उनीहरुले नै आत्मसमर्पण गरेकोमा अनौठो लागेको बताएका छन् ।

सोमबार सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुलाई दह्रोसँग टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरेको बताएका हुन् । उनले भने, “ घनश्याम, योगेश, गोकर्णलगायत १० जनाले सिकाएको हो ओली यस्ता छन् भनेर । दह्रोसँग टेक्नुस् हामी छौं भन्नुहुन्थ्यो । अन्त्यमा सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ ।”

नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरु भने ट्रायकमा हिँडेको र आफूहरुले सहयोग पनि गरेको बताए । कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी पनि एमाले जस्तै हुन लागको भन्दै चिन्ता व्यक्त गरे । उनले एमाले अध्यक्ष केपी ओली झुट बोल्न सिपालु भएको आरोप पनि लगाए ।