राजनीति

रुसी संसदीय निर्वाचनको मतगणना जारी, प्रारम्भिक नतिजामा राष्ट्रपति पुटिनको पार्टीलाई अग्रता


काठमाडौँ – राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदीय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ । धाँधलीको आरोपबीच भएको मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो ।

क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो । निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका छन् । रुसको निर्वाचन आयोगले भने धाँधली भएको दाबीलाई अस्वीकार गरेको छ । चुनावमा सहभागी हुन नपाएकामा हाल जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेत छन् । ३३ प्रतिसत मतगणना भएपछिको प्रारम्भिक नतिजामा युनाइटेड रसियाले ४५ प्रतिसतभन्दा बढ्ता मत पाएको देखिन्छ ।