राजनीति

माधव नेपालको घोषणा : एक हप्ताभित्र सरकारमा जान्छौं


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए ।