राजनीति

अस्थिरतावादी तत्वहरुले षड्यन्त्र गरिरहो छन् : नेता खनाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले अस्थिरतावादी तत्वहरूले षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै खनालले अस्थिरतावादी तत्वले षड्यन्त्रको तानाबाना बुनेको भन्दै नेकपा (एमाले)लाई अराजकतावादीको संज्ञा दिएका हुन् ।

“संसद्लाई चल्न नदिने अराजकतावादी प्रवृत्ति पनि देखापरिरहेका छन् । यस्ता प्रवृत्तिहरूका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमनतर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि बढाउनु नै आजको आवश्यकता बनेको छ ।” नेता खनालले भने ।

सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायालयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरतातिर फर्केको उनको भनाइ छ ।