देश

संविधान दिवसमा विदेशी राष्ट्र प्रमुखहरुको शुभकामना


काठमाडौँ – नेपालको संविधान दिवसको अवसरमा विश्वका विभिन्न मुलुकले नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।
विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीलाई अमेरिका, भारत, रुस, बंगलादेश, श्रीलंका, जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपति, जापानका सम्राटलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएका छन् । विभिन्न देशका सरकार प्रमुखले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएका छन् ।