राजनीति

संविधान दिवसको अवसरमा ९०३ जनालाई विभूषण प्रदान


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसर पारेर विभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मानित गर्नु भएको छ । सम्मानीत हुनेहरुको नामावली गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेखमा उल्लेख गरिए अनुसार नेपाल रत्न दिवंगत प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएको छ।, राष्ट्र गौरवबाट २ जना दिवंगत सुवर्षण शम्शेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाल विभुषित हुने भएका छन्।

यता महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिने भएको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणादेखि दिवंगत स्वरसम्राट नारायण गोपालसम्म परेका छन्। सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिने भएको छ। जसमा प्रदीप नेपालदेखि पिएलसिंहसम्म परेका छन्।

उज्वल कीर्तिमय राष्ट्रद्वीप द्वितीय श्रेणीबाट १ जना, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट २४ जना, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट ३९ जना, सुप्रवल जनसेवाश्री तृतीय श्रेणीबाट १६१, सुकीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट ८ जना, प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट ३ सय १९ जना र जनसेवाश्री पन्चम श्रेणीबाट १९० जनालाई विभूषण प्रदान गरिएको छ ।

अलंकारतर्फ राष्ट्र यशोवद्र्धकबाट ४ जना, नेवाल सेवा प्रविणबाट २ जना, समाजसेवा रत्नबाट २१ जना, नेपाल प्रताप भूषणबाट ३४ जना, अतिपौरख भास्करबाट ७ जना, नेपाल प्रताप आभूषणबाट २४ जना, महा पौरख भास्करबाट ३ जना, नेपाल प्रताप भूषणबाट १६ जना, राष्ट्रसेवा प्रथम श्रेणीबाट ३ जना, सुकीर्ति पदकबाट १० जना, सगरमाथा पदक र वीरता पदकबाट ७–७ जना, विकास रत्न पदकबाट १ जना र प्राकृतिक प्रकोप पीडितोद्वार पदकबाट ९ जना सम्मानित भएका छन् ।