राजनीति

संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह


काठमाडौँ – आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ ।

सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन् । जसपा र लोकतान्त्रिक समाजवादी पार्टीले भने संविधान दिवसमा विरोध कार्यक्रम आयोजना गरेका छन् ।