राजनीति

छाती फुलाउन नपाएको भन्दै देउवाको विरोधमा उत्रिए गगन, राजाले असक्षम भनेका देउवा अहिलेसम्म उस्तै



काठमाडौँ – नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता राजनीतिलाई लिएर बद्नाम भइरहने तर गुमनाम नहुने पात्र हुन् । २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवाले यसअघिका चार वटा प्रधानमन्त्री कालमा बद्नामी नै कमाए । तर गत असार २९ यता देउवा पाँचौपटक प्रधानमन्त्रीको जिम्मेवारीमा छन् । देउवा असफल बन्दै गएको वा असक्षमताको मार्गमा अघि बढेको चौफर्ति मुल्यांकन गरिएका छन् ।

२०५८ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवालाई तत्कालिन राजा ज्ञानेन्द्र शाहले असक्षम भन्दै पदच्यूत गरिदिए । त्यसयताका सबै कार्यकालमा निरन्तर असफल बन्दै गएका देउवालाई राजाले दिएको त्यो उपाधीले अहिले पनि काम गरेको भन्दै आलोचना हुने गरेको छ । जुन पाँचौंपटक प्रधानमन्त्री बनिसक्दा समेत कायम छ । देउवा नेतृत्वको सरकारले दुई महिनासम्म देखाएका कार्यकौशलता र त्यसबाट निम्तिएको अवस्था बारे स्वयम् नेपाली काँग्रेस नै सन्तुष्ट छैन । नेताहरु प्रधानमन्त्री देउवाका कारण छाती फुलाएर हिड्न नपाएको भन्दै गुनासो गरिरहेका छन् ।

गगन थापा देउवा नेतृत्वको सरकारमा मन्त्री हुन सिफारिस भएका व्यक्ति हुन् । देउवाले सरकारको नेतृत्व गरेको केहीदिनसम्म वालुवाटारमै पुगेर सल्लाह सुझाव दिने काम पनि गरेका थिए । उनकै सल्लाह अनुसार देउवाले वालुवाटारमा पार्टीको बैठक राख्न छोडेका थिए । तर अहिले सार्वजनिक रुपमा देउवाको चर्काे आलोचनामा उत्रिएका छन् ।

मुलतः काँग्रेसभित्र सरकार विस्तारलाई लिएर देउवाको आलोचना भइरहेको छ ।गठबन्धनका दलहरुलाई मिलाएर जान असक्षम भएपनि काँग्रेसको भागमा पर्ने मन्त्रीहरु टुङग्याएर सरकारलाई प्रभावकारी बनाउनु पर्ने आवाज आइरहेको छ । नेताहरुका अनुसार देउवा उल्टो बाटोमा हिडिरहेकाले आफुले दिएको सुझाव नमान्ने गरेको बताउँछन् ।

प्रधानमन्त्री देउवा स्वयंले मन्त्रिपरिषद् विस्तारलाई पार्टी महाधिवेशनमा उम्मेदवारी बाँडफाँटको विषय बनाएको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद्मा नअटेकालाई महाधिवेशनमा व्यवस्थापन गरेर आफु सुरक्षीत हुने देउवा दाउ देखिन्छ । तर यसबाहेक प्रधानमन्त्री बनेको दुई महिनामै आफ्नै पार्टीबाट असफल आँकिएका देउवालाई गठबन्धनका दलहरुसमेत असफल बनाउने प्रयास गरिरहेका छन् । देउवा निकट नेताहरुलेगठबन्धन भन्दा आफ्नै पार्टीबाट विरोध भयो नि ?भन्ने प्रश्नमा महाधिवेशन लक्षित भनाई भनेर खण्डन गर्छन ।

मन्त्रिपरिषद् विस्तारलगत्तै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा असन्तुष्टि बढ्ने आकलन सत्तापक्षको छ । असन्तुष्टले २० प्रतिशत पु¥याएर पार्टी विभाजन गर्न सक्छन् । त्यसैले अध्यादेश किनारा नलगाएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नेपाल र यादव नै तयार नभएपछि देउवालाई थप समस्या परेको छ । आखिर कसका कारण सरकार विस्तार रोकियो त ?

दलहरुको स्वार्थकै कारण सरकारदेखि संसदसम्म बन्धक बनेको छ ।सत्ता स्वार्थ र प्रतिपक्ष टकरावले १७ मन्त्रालय अस्तब्यस्त छन् । दुईमहिनासम्म सरकारले बजेटबारे निर्णय गर्न नसक्दा ७० बर्षको इतिहासमा मुलुक पहिलो पटक आर्थिक सटडाउनमा छ । तेजाव आक्रमण जस्तो घृणित कार्य गर्ने अपराधिका लागि बनेको अध्यादेशसहितका १५ अध्यादेशसमेत निष्क्रिय बनेको छ । पू्र्व प्रधानमन्त्री ओली जस्तै प्रधानमन्त्री शेरबहादुर देउवा पजि सिंहदरबार जादैनन्, वालुवाटारमै फाइल बोकेर सचिवहरु दौडधुप छ । फलतः ओलीलाई हटाएर देउवा सरकारमा आउनुको औचित्य नै पुष्टि हुन सकिरहेको छैन ।