समाचार

शेयर बजारमा क्लब हाउसको आतङ्क, निहित स्वार्थमा अभिव्यक्ति, छैन नियमन


काठमाडौँ – नेपाली शेयर बजार यतिबेला तिब्र उतारचढावमा छ । कहिले उच्च अंकको गिरावट त कहिले उच्च अंकको वृद्घी । यस्तो वेला चलखेल गर्नेले अवसरको रुपमा पनि लीएका छन् । यति बेला विभिन्न सञ्चार माध्यम र सामाजीक संजालमा भ्रम छर्ने पनि काम भै रहेको छ । त्यसमा पनि क्लब हाउस आतङ्क त यति फैलीएको छ कि कुनै कम्पनी र बजार लाई नै नकारात्मक प्रभाव पारेको भनेर विश्लेषण भै रहेको छ । विभिन्न विषयवस्तुका बारेमा छलफल हुने क्लव हाउस लाई सूचना तथा ज्ञानको हिसाबले उपयोगी पनि देखिन्छ । तर यसै लाई आफ्नो निहित स्वार्थका लागी विभिन्न व्यक्तीले मिस युज गर्दै आएका छन ।

नेपालमा मात्रै नभएर विकसित देशहरुका लगानीकर्ताले पनि क्लब हाउसमा छलफल गरेका हुन्छन् । तर नेपालमा सेयर बजारका बारेमा सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुन थालेपछि यसले दिर्घकालीन असर पर्ने होकी भन्ने चिन्ता पनि निम्त्याएको छ । क्लब हाउस आफ्नो स्क्रिप्टका बारेमा बढाइचढाइ गर्ने, कहिले त लाइभ बजार चलेको बेलामै खरिदबिक्रीका लागि उस्काउने तथा जुँगाको लडाइँ लड्ने थलो बनेको आभास हुने गरेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का एक उच्च अधिकारीले क्लव हाउस मात्र नभएर अन्यत्र कतै पनि बजारलाई प्रभाव पार्ने काम गर्न नपाइने बताउदै आएको छ । त्यस्तो भेटिएमा बोर्डले आवश्यक कारबाही प्रक्रिया अगाडि बडाउने स्पस्ट समेत परिसमेको छ । तर लगानीकर्ता स्वयम पनि यस्ता अफवाह बाट जोगिनु पर्ने बोर्डको धारणा छ ।

अन्य देशहरूमा नियामक निकायहरूबाट अनुुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघ–संस्थाले त्यो पनि विस्तृत अध्ययनका आधारमा मात्र दोस्रो बजारको सूचकांक, सूचीकृत संस्थाको सेयर मूूल्यलगायत विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था छ । तर, हाम्रो मुलुकमा भने एकैपटकमा धेरै मानिसहरूलाई प्रभावित पार्ने उद्देश्यले क्लब हाउसमा छलफल गराउने, फेसबुकमा समूह नै बनाएर ठूला भनिएका र नीतिगत पहुँचमा समेत रहेका लगानीकर्ताले एकैपटकमा दुई–चार सयभन्दा धेरै मानिसलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिने गरिरहेका छन ।

सामाजिक सञ्जालमा हुने टीका–टिप्पणी कुन हदसम्म व्यक्तिगत हुने, सञ्जालमा समूह नै लाग्दा त्यसको परिभाषा व्यक्तिगतबाट समूहगत हुने–नहुने भन्नेजस्ता पारिभाषिक द्विविधाका कारणसमेत नेपाल धितोपत्र बोर्डले सचेत मात्रै गराइरहने र आवश्यक कारबाही गर्नेजस्ता निर्णय आजसम्म गर्न सकेको देखिँदैन । यसका गहन रुपमा कार्यविधि बनाएर बोर्डले काम अघि बढाओस ।