राजनीति

संसद्को कामप्रति सभामुख नै असन्तुष्ट


काठमाडौँ – संसद्को कार्यसम्पादनबाट सभामुख स्वयम् नै सन्तुष्ट हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् । शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले संसद्को कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताएका हुन् ।

आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको देखेको पनि सापकोटाले बताए । उनले सबैमा जिम्मेवारी बोध र कर्तव्य बोधको कमी भएको स्वीकारेका छन् । उनले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताए ।