राजनीति

दल र गठबन्धनको दबाबमा देउवा, यी कारण देखियो गठबन्धनमा आशंका ? (भिडियोसहित)


काठमाडौँ – सरकार गठनको दुई महिना नपुग्दै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । एमसीसीसम्बन्धी विषयमा फरक मत तथा ओलीसंगको बढ्दो निकटताले सत्ता साझेदार दलका नेताहरु शंशकित हुन थालेका हुन् । मन्त्रीपरिषद विस्तार सम्बन्धी विषय र देउवाको अकर्मण्यताका कारण पनि गठबन्धनमा असन्तुष्टी बढको छ ।

पछिल्लो समय सत्ता गठबन्धनका दलहरुमा देखिएको खटपटले गठबन्धनको भविष्य नै खतरामा पर्न थालेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गैरसंबैधानिक कदम चालेको भन्दै त्यसको विरुद्धमा एक भएका दलहरु अहिले सरकामा छन् । तर विस्तारै उनीहरुबीच एक आपसमै मतभेद सुरु भएको छ ।

विशेषत ः एमसीसी कुनै पनि हालतमा पास गराउन चहाने देउवा र यथास्थितीमा पास गर्न नहुने बताउँदै आएका प्रचण्ड र माधव नेपाल एक ठाँउमा रहँदा समस्या देखिएको हो । यहि बीचमा मन्त्रीपरिषद विस्तारमा समेत समस्या देखिएको छ । देउवाले समयमै मन्त्रीपरिषद विस्तार गर्न नसकेको आक्षेप खेपिरहँदा अरु भने अध्यादेश निष्क्रिय नभएसम्म विस्तार गर्न नहुने पक्षमा देखिएका छन् ।

दल विभाजन सम्बन्धी अध्यादेशले जसपा फुट्ने संघारमा रहेकोले उपेन्द्र यादवले उक्त अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रीपरिषद बिस्तार नगर्न दबाब दिईरहेका छन् । जसपा मात्र नभएर माओवादी केन्द्र समेत फुट्न सक्ने सम्भावना भएपछी प्रचण्डले समेत प्रधानमन्त्री देउवालाई अहिले तत्काल मन्त्रीपरिषद बिस्तार गर्न दिएका छैनन् । यता माधवको पीडा पनि उपेन्द्र र प्रचण्डको भन्दा फरक छैन । यद्दपी उनी अर्को साता मन्त्रीपरिषद्ले पूर्णता पाउने भन्दै सतही जवाफ दिएर विवाद ढाक्ने गरेका छन् ।

देउवा नेतृत्वको सरकारमा माओवादी पनि हुनु र चीनसँगको सीमाको विषय जोडतोडले उठ्नुले पनि प्रचण्डलाई असन्तुष्ट बनाएको छ । त्यस्तै सत्ता गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चाले पनि वर्तमान सरकारबाट देश र जनताका सबै समस्या समाधान हुनेछन् भन्ने विश्वास घट्दै गएको आरोप लगाएको छ । प्रतिगमनविरुद्ध वर्तमान सरकारलाई समर्थन गरेका भएपनि त्यो निःशर्त नभएर सशर्त भएको भन्दै जनमोर्चाले विज्ञप्ती नै जारी गरेको छ । महाकाली नदीमा तुइन काटेर भारतीय पक्षबाट जयसिंह धामीको हत्या गरिनु, दार्चुलास्थित नेपाली आकाशमा नेपालको स्वीकृति बिना हेलिकप्टर उडाउने जस्ता भारतका हस्तक्षेपकारी कदमविरुद्ध वर्तमान सरकारबाट कुनै तत्परता नदेखाएको, कालापानीबाट भारतीय सेना फिर्ता गराउने तथा कालापानी क्षेत्रस्थित गाउँहरुमा राष्ट्रिय जनगणना गराउने सवालमा सरकार भारतका अगाडि झुकेको आरोप पनि जनमोर्चाले छ ।

जसले गबन्धनभित्र बढेको चरम असन्तुष्टि छताछुल्ल भएको छ । त्यस्तै कानुनमन्त्री ज्ञानेन्द्र कार्की ओलीलाई भेट्नु जानु तथा ओली र देउवा दुबै एमसीसीको पक्षमा रहेको समानताले पनि गबन्धनमा आशंका बढाएको छ । त्यसमा पनि ओली पक्षका नेताहरुले अब छिट्टै देउवा ओलीको गठबन्धन सहित निर्वाचनमा जाने अभिव्यक्तीले पनि आगोमा घिउ थप्ने काम गरेको छ ।

एकातर्फ देउवा पार्टीबाटै पनि दबाबमा छन भने गठबन्धन पनि उनले भनेजसरी अघि बढ्न सकेको छैन । यसअघिका कार्यकार्यलमा असफल देखिएका देउवा यो कार्यकालमा पनि सोहि बाटोमा छन । जसले महाधिवेशनमा पनि प्रभाव पार्ने तथा आफू ईतरको आवाज अझ कडा हुने उनले बुझिसकेका छन । तर अप्राकृतिक वाम–प्रजातान्त्रिक गठबन्धनको नेतृत्वमा रहेका उनलाई गठबन्धनले नै अफठ्यारो पारिरहेको छ । पछिल्लोे खटपटले गठबन्धनलाई खतरामा पार्ने सम्भावना देखिन्छ ।