राजनीति

दश बुँदे कार्यान्वयनबाट ओली पछि हट्दै, मध्यमार्गी नेताको भविष्य अन्यौल (भिडियोसहित)

मध्यमार्गी नेता अब कसरी अघि बढ्लान ?


काठमाडौँ – दशबुँदे सहमति कार्यान्वयन र पार्टीलाई २०७५ जेठ दुईमा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि एमालेमा तेस्रो धारका नेताहरुको भविष्य अन्यौलमा फसेको छ । ओलीका पछिल्ला अभिव्यक्ति, गतिविधि र निर्णयले उनी कुनैपनि हालतमा मध्यमार्गी भनिएका नेताहरुको माग सम्बोधन गर्न तयार छैनन् भन्ने प्रष्ट भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो स्वार्थका लागि क्षणभरमै जस्तोसुकै सहमति गर्न पछि हट्दैनन् । यो उनको आचरण नै बनिसकेको छ । जोकोहीलाई पनि आफ्नो बसमा पार्न उनी माहिर मानिन्छन् । साथै आफ्नो स्वार्थ पूरा भएपछि सहमतिबाट पछि हट्ने रोग पनि ओलीको पुरानै हो ।

माधव नेपाल फुटिसकेपछि पनि तेस्रो धारका १० नेतालाई रोक्न ओलीले स्थायी कमिटी बैठकमै दश बुदे कार्यान्वयन र जेठ दुईमा फर्किने वाचा गरे । र त्यसै सहमतिको आशामा ओलीको पछि लाग्दै आएका तेस्रो धार नेताहरु १० बुदे कार्यन्वयन र जेठ २ को अवस्थामा पार्टी फर्किन्छ भन्ने आशामा एमालेमै रहे । तर पछिल्लो समय पार्टीमा ओलीका कामकारबाही र निर्णयले दश बुदे कार्यान्यवन र जेठ दुईमा फर्किने छाँटकाट देखाउँदैन । जुन कुरा ओलीले सार्वजनिक मञ्चमै व्यक्त गर्न थालिसकेका छन् । हिजो जे जस्ता सहमति भएका छन् ति कुराहरु सबै विर्सन उनले आग्रह नै गर्न थालीसकेका छन् ।

त्यसोत ओली सुध्रिदैनन्, स्वेच्छाचारी भए भन्ने कारणले नै माधव नेपाल पक्ष औपचारीक रुपमा विभाजित बनि आफ्नै मार्गमा हिडिसकेको छ । तर ओलीको लोलीमा लठ्ठ भएका मध्यमार्गी १० नेता भने यतिवेला वल्लो तिर न पल्लो घाटका भएका छन् । माधवको पार्टीमा जान निर्वाचन आयोगले दिएको समयसीमा सकिएको छ, एमालेमै रहन ओलीको हेपाइ सहनुपर्ने बाध्यता उनीहरुसामू रहेको छ । उनीहरुले दश बुदे सहमति कार्यान्यन नभए एमालेभित्र दुर्घटना हुन सक्ने चेतावनी दिन थालेका छन् ।

त्यसोत, ओलीले १० बुँदे सहमतिको उल्लंघन गर्दै सुदुरपश्चिम इन्चार्जको जिम्मेवारी लेखराज भट्ट र वागमति इन्चार्जको जिम्मेबारी रामबहादुर थापा बादललाई दिइसकेका छन् । जवकी पार्टी २०७५ जेठ २ मा फर्किएको अवस्थामा सुदुरपश्चिमको इन्चार्ज भीम रावल र बागमतिको इन्चाजै अष्टलक्ष्मी शाक्य हुनुपर्ने हो । पार्टीकै कतिपय नेताहरु भने माधव नेपाल फर्किने भएमात्रै दश बुदे कार्यान्वयन हुने विश्लेषण गर्न थालेका थालेका छन् ।

ओलीको लहैलहैमा लागेर एमालेमा फर्किएका यी मध्यमार्गी दश भाइको भविष्य के हुन्छ भन्नेबारे ओलीको आगामी निर्षयले थप प्रक्ष्ट पार्ला, तर हाललाई दश बँुदे सहमति कार्यान्वयनको सम्भावना भनि सकिएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । यद्दपी मध्यमार्गी नेताहरु माधवपक्षसँग जान सक्ने अवस्था नभएको कारण उनीहरु एमालेमै तेस्रो धारमा रहेर संघर्ष गर्ने कतिपय विश्लेषकको ठम्याई रहेको छ ।
त्यसोत ओली १० बुदे कार्यान्यन र जेठ दुई फर्किन पछि हट्दै जानुले एमालेमा पुन: दुर्घटना निम्तन सक्ने आँकलन गर्न थालिएको छ । असन्तुष्ट पक्षहरु मिलेर २० प्रतिशत पुर्याइ पुन एमाले फुटाउने सम्भावनालाई पनि नकार्न भने सकिँदैन ।