राजनीति

कानुनमन्त्री भन्छन् – विकास र समृद्धिका लागि एमसीसी चाहिन्छ


काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी मुलुकको बिकास र समृद्धिका लागी आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले एमसीसी जसरी भएपनि संसदबाट पास गराउनुपर्ने बताउनुभयो । मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने पनि बताउनुभयो ।