राजनीति

काँग्रेसमा जारी विवाद समाधानको लागि देउवाको दौडधुप, शीर्ष नेताहरुलाई बोलाएर गरे परामर्श


काठमाडौँ – प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग महाधिवेशनको तयारीबारे छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले पार्टीका शीर्ष नेताहरुसँग समूहगत र व्यक्तिगत छलफल गर्नुभएको हो । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का सहभागि हुनुहुन्छ ।

यसअघि पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता मिनेन्द्र रिजालसँग पनि देउवाले वान अन वान वार्ता गर्नुभएको थियो । देउवाले नेताहरुसँग महाधिवेशनको समीकरण र क्रियाशिल विवादलाई मध्यनजर गर्दै छलफल अगाडि बढाएको बताइन्छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी १३ जिल्लाका सन्दर्भमा छलफल अगाडि बढाएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।