राजनीति

सभामुख सापकोटा र वरिष्ठ नेता खनालबीच भेटवार्ता


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । खनालनिवास डल्लुमा एक घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

सापकोटाले खनालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै समासामयिक परिस्थितिको बारेमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन् ।