राजनीति

विवाद मिलाउन देउवाले बोलाए शीर्ष नेताको बैठक


काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको पछिल्लो विवाद समाधानका लागि शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।

गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशनबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टि बढेपछि उनले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे छलफलका लागि बोलाएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।