राजनीति

माधवलाई अष्टलक्ष्मी शाक्यको सुझाव : तपाईंले लिएको बाटो ठिक छैन, एमालेमै फर्किनुस्


काठमाडौँ – नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् ।
एमाले काठमाडौँले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले नेता नेपालले नयाँ पार्टी खोलेर जनमत सिर्जना गर्न नसक्ने पनि उनले बताइन् ।
२०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ विभाजनले कसैको हित नगर्ने भन्दै उनले सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्ने बताइन् ।

ुम भन्छु, माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीतिक होइन, जुटको एकजुटको सुदृढ राजनीति आवश्यकता छु, बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी उनले भनिन्, ुमाधव नेपाल हामी सबैको नेता हो। आज आफूले जीवन दिएको पार्टी चटक्क त्यागेर नयाँ जनमत सिर्जना गर्छु भन्नु सही हुन सक्दैन।ु

नेतृ शाक्यले माधव नेपालले दुस्ख गरेर जन्माएको पार्टी भएकाले उनलाई एमालेमै फर्किन पनि भनिन्, ुआफूले दुस्ख गरेर जन्माएको पार्टी एमाले हो। उहाँले समीक्षा गर्नुस्, फर्केर आउनुस्ु, उनले भनिन्, ुसुदृढ एमाले बनाउनुपर्ने अहिलेको आवश्यकता छ। पार्टीको त्यत्रो पंक्तिालई अलमल्याएर राख्नु ठीक छैन।ु