राजनीति

कांग्रेस महाधिवेशन : सभापतिमा हार्ने १० नेताको सधैँ चर्चा


काठमााडौँ – भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहीँ होइन । नेपाली कांग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेद्वारको सधैँ चर्चा हुने गरेको छ ।

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेस भित्र पाचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ । अधिवेशनले बिपीलाई सभापतिमा निर्वाचित ग¥यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

‘त्यसको तीन वर्षपछि सम्पन्न छैठौं महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो । उहाँले जीवनमा एकपटा मात्रै पदको आकंक्षा देखाउनुभयो, त्यो हासिकेपछि कहिल्यै पनि सभापतिको आकंक्षा देखाउनुभएन, त्याग माात्रै संघर्ष मात्रै ।’

गणेशमानजीले जीवनमा एकपटक त्यही बेला पदको आकांक्षा देखाउनु भयो । यसपछि कहिल्यै सभापतिको आकांक्षा देखाउनु भएन । त्याग मात्रै संघर्ष मात्रै । काँग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो ।

‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिष्पर्धा थियो । म त दुई वर्षको मात्र थिएँ होला । जिल्ला जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकारले मतदान गराइयो । आवाबाट (आकाशवाणी) रिर्पोट आउँथ्यो । सुवर्णजीले जित्नुभयो । गणेशमानजी हार्नुभयो ।’

काँग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशन बाट नै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगाह जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मुलनको घोषणा त्यहीँबाट गर्नुभयो ।

‘सुवर्णजीले आफ्नो १२ हजार विगाह जग्गा किसानलाई दिनुभयो र बिर्ता उन्मुलन कार्यक्रम शुरु गर्नुभयो । त्यसपछि देशभर बिर्ता उन्मुलनको आन्दोलन शुरु भयो ।’

अर्कोतिर सभापतिका उम्मेद्वार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेद्वारी नै दिनुभएन । त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर काँग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो । बिपीबिरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिनु भयो ।

त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । दलहरुमाथि प्रतिवन्ध लगाइयो ।

‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ । त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् उ सभापति हुन्छ । हार्नेहरुको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ । यसलाई कांग्रेसले राम्ररी हेर्नुपर्छ । अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ । त्यसैले एक अर्कोको अस्थित्व स्वीकार गरेर जानुपर्छ ।’

त्यसैले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुप¥यो । झापामा सम्पन्न आठौं महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित हुनुभयो । नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिष्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरवहादुर देउवा र रामहरी जोशीले चुनौती दिनुभयो ।

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिनुभयो ।

यसबीच नेपाली काँग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिनुभयो ।

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट काँग्रेसको सभापति बन्नुभयो । कांग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० नेता सभापति हुन सक्नुभएन । तर पनि काँग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम काँग्रेसजनबीच सधैँ भइरहन्छ ।