देश

थप सात जिल्लाको क्रियाशील सदस्यता प्रकाशित


काठमाडौँ – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप सात जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरेको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन गठित कार्यदलले निर्वाचन समितिलाई सदस्यता हस्तान्तरण गरेपछि समितिले क्रियाशील सदस्यको सूची प्रकाशन गरेको हो ।
आज क्रियाशील सदस्यताको सूची प्रकाशित भएका जिल्लाहरूमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरा रहेका छन् । अझै १३ जिल्लाको क्रियाशील सदस्यता भने टुङ्गिएको छैन । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बाँकी जिल्लाको क्रियाशील सूची पनि छिट्टै प्रकाशित हुने बताउनुभयो ।