राजनीति

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टा लामो भेटवार्ता


काठमाडौँ – बुधबार राति राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुईबीचको भेटवार्ता झन्डै दुई घण्टा लामो भएको स्रोतले जनाएको छ ।


स्रोतका अनुसार राष्ट्रपति र अध्यक्षबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न बुधबार राति ८ बजे शीतलनिवास पुगेका थिए ।