राजनीति

सर्वदलीय बैठकमा ओली नजाने


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।