राजनीति

एमसीसीबारे नेताहरु अस्पष्ट : आफै संलग्न सम्झौताप्रति नेताहरुको बोली फेरियो (भिडियोसहित)


काठमाडौँ – चर्काे विरोधकाबीचएमसीसीको टोलीले नेपालकाशिर्ष नेताहरुलाई भेटेर एमसीसीबारे धारणाबुझ्ने कोसिस गरे । तर प्रयास असफलजस्तै देखिएको छ । किनकीआमजनविरोधको प्रभावकाकारणआफै संलग्नसम्झौताप्रति नेताहरुकोवोलीफेरिएको छ भने एमसीसीबारे स्पष्टजवाफदिन सकेनन् ।

एमसीसीबारे बुझ्न भन्दै नेपालआएको उपाध्यक्षफातिमा सुमार सहितको टोलीसामू नेताहरु बोली फेर्न बाध्यबनेकाछन । यो सम्झौतामाहस्ताक्षर गरेकाहरुको नै सत्ताको बाघडोरमा रहेकाकारणआफ्नो मिसन सफलहुने ठानेकाएमसीसीटोलीहरुअन्ततअसफलबनेकाहुन । सम्झौतागर्दाताका सरकारमा रहेको माओवादी, तथा संसदबाटै सम्झौतापारित गर्नुपर्ने सुझावदिने एमाले दुबैले बोली फेरेकाहुन ।

त्यसोत एमसीसीकाप्रतिनिधिहरु नेताहरुको फरक फरक अभिव्यक्तिबाटअन्योलमा परेकाछन् ।नेताहरुको बोली फेरिनुमाजनविरोध नै प्रमुखकारक हो । राष्ट्रघाती सम्झौता सरकारले गर्ने त्यसको हिस्सेदार पनिबन्ने तर विरोध र लडाई जनताले गर्नुपर्ने आपत्तीजनकविषयभएको राजनीतिज्ञहरुको टिप्पणी छ ।

कतिपयले यो एमसीसीबारे प्रष्टहुने तथाठोस निर्णय लिने अवसर भएपनित्यसलाई उपयोग सरकार र दलहरु चुकेको पनिबताएकाछन । यसलाई विरोध वा समर्थनको विषयबनाउनु भन्दायी र यस्ताकारणले हामी समर्थन गर्न सक्दैनौ भन्नु पर्नेमा नेताहरुले प्रसंगनै बदलिदिएको उनीहरुको आरोप छ । तर उपाध्यक्ष सुमारले अलमलकाबीचएमसीसी सम्झौता नेपालको संसदबाटअनुमोदनहुनढिलो भइसकेको बताएकीछन् ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमाउनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौताअझै पारित नहुँदाढिलो भइसकेको बताएकीहुन् । उनले एमसीसी सम्झौताकाविषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनिबताएकीछन् ।

यसको विरोधमाभएकाहरुले जस्तो यसका केहि बुँदाहरु संसोधनहुने अवस्थाछैन । त्यस्तै यथास्थितीमापास गर्न सक्ने अवस्थामापनि सरकार छैन । फलतः सरकार चेपुवामा परेको छ । तर यहिअवस्थामाअन्यदलहरु भने आफूमात्रपानीमाथिको ओभानो बन्ने होडमाछन ।

सत्तामाहुँदाएमसीसीको पक्षपातीझैँ देखिने र बाहिर हुँदाएमसीसीको चकर्माे विरोध गरेर दोषमुक्तहुनखोज्ने एमाले रवैया,एमसीसीकै अधिकारीसामूढुलमुले कुरा गरेरअस्पष्टजवाफदिनखोज्नेहरु र जसरी पनिएमसीसीलाई हुबहु पारित गराउँछु भनीठोकुवागर्नेहरुलेदेशलाई नै अलमलमापारेकाहुन् ।

नेताहरुले न एमसीसीको पक्षमादरिलोसंग खुट्टा टेक्न सके न विरोधमा । जनताको भावनालाई कदर गर्दैएमसीसीकाअधिकारीहरुलाई स्पष्टबनाई फर्काउँदाउचितहुने देखिन्छ ।