राजनीति

यसरी कतिन्जेल चल्छ संसद ? देउवाको जवाफ – ओलीलाई सोध्नुस्


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक यसरी कति दिन चल्छ भन्ने प्रश्नको जवाफ एमाले अध्यक्ष केपी ओलीसँग सोध्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसदबाट बाहिरिने क्रममा ‘यसरी संसद कति दिन चल्छ ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘ओलीलाई सोध्नुस् ।’

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि फेरि बैठक सुरु भएपनि एमालेको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो।