काठमाडौँ – दाङमा १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिकाको एक जंगलमा राति तीन जनाको समूहले बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–७, बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।
स्थानीय एक १७ वर्षीया किशोरीलाई यी तीनजना मिलेर राति जंगलमा सामूहिक बलात्कार गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही सुरु गरिएको डीएसपी रिजालले बताए ।
बिहीबार प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरूलाई पक्राउ गरिएको डीएसपी रिजालले जानकारी दिए ।
प्रतिक्रिया