राजनीति

एमसीसी परिमार्जन सहित अनुमोदन हुनुपर्छ : अध्यक्ष नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी देशको आन्तरिक मामिलामा खलल नपुर्याइ नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा बताएका छन् । आज नेपालगञ्जमा युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी परिमार्जन सहित अनुमोदन हुनुपर्ने बताएका हुन् ।

यस्तै कार्यक्रममा बोल्दै नेपालले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिए । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारबाहीको औचित्य सकिएको भन्दै उनले संसदमा नाटक प्रदर्शन भइरहेको टिप्पणी गरे । न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन हुँदा नेपाली राजनीतिमा गलत संस्कारको विकास भएको पनि उनले बताए ।