राजनीति

एमाले स्थायी कमिटी बैठक ३ बजे फेरि बस्ने


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको शनिबार विहान बसेको बैठकमा आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईका अनुसार विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । तर को को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । त्यसका लागि शनिबार दिउँसो ३ बजे पुन बैठक बोलाइएको छ ।