राजनीति

शुक्रबार दिनभर के-के गर्यो एमसीसीको टोलीले ? कुन नेताले के जवाफ दिए ?

चौतर्फी विरोधका बीच किन आईन फतिमा ?


काठमाडौँ – एमसीसीकी उपाध्यक्ष फातिमा सुमार सहितको टोली यतिवेला नेपाल भ्रमणमा छ । विहिबार नेपाल आएबाटै शीर्ष नेताहरुसंगको भेटलाई तिब्र पारेकी टोलीले सो कार्यलाई शुक्रबार पनि जारी राख्यो । टोलीले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डर ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई भेटेको छ । तर अर्थपूर्ण रुपमा हेरिएको उनको भ्रमणको भेटका क्रममा नेताहरुले राष्ट्रिय सहमती आवश्यक पर्ने उत्तर दिएका छन् ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार सहितको टोलीले सबैभन्दा पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको थियो । बालकोटमा भएको करिब एक घण्टा लामो भेटवार्तामा टोलीले एमसीसी पारितका लागि सघाउन ओलीसंग आग्रह गर्यो । ओलीले आफ्नो सरकार हुँदा एमसीसी पास गर्न खोजेपनि असफल रहेको जवाफ दिदै पहिला सत्तापक्षको धारणा आउनुपर्ने बताए । टोलीले विहिबार नै सत्तागठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्यो । ओलीले आफू प्रतिपक्षमा रहेकोले यसको जिम्मा सरकारमा भएको उत्तर दिएपछि नेपाललाई भेट्न पुगेको टोलीले एमसीसी पास गरे नेपालको हितमा हुने बताएको थियो ।

सिंहदरबारस्थित संसद् सचिवालयमा झन्डै साढे १ घण्टा नेपालसहितका नेताहरूसँगको छलफलका क्रममा टोलीले सम्झौता पास गर्नका लागि दबाब भने नदिने बताएको समाजवादीका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिए ।

टोलीले विहिबार नै जनता समाजवादी पार्टीका संधीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेको थियो । भेटवार्ताबारे जानकारी गराउँदै डा. भट्टराईले छलफल उपयोगी भएको प्रतिक्रिया दिएका छन् । आफ्नो राजनितिक भेटघाटलाई तिब्र बनाएको टोलीले शुक्रबार भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । प्रचण्डसंगको भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । भेटमा सुमारले एमसीसी नेपालको हितमा रहेको बताएकी थिईन ।

सुमारसँगको भेटमा प्रचण्डले एमसिसी राष्ट्रिय बहसको विषय बनिसेकेकाले राष्ट्रिय सहमतिपछि मात्रै पारित गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए । अहिले एमसीसीकी उपाध्यक्ष फतिमा सुमार सहितको टोली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेक छन् । प्रधानमन्त्री देउवाले ट्विटरमा तस्वीर सार्वजनिक गर्दै भेटघाट भएको जानकारी दिएका हुन् । भेटमा उनीहरूले एमसिसीबारे आ(आफ्नो धारण राखेका थिए। साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

नेपालका शीर्ष नेताहरुबाट एमसीसी टोलीले आफू अनुकुलको जवाफ पाउन भने सकेको छैन । यसको सन्देश के हो त ? एमसीसी कम्प्याक्टमा नेपालका दलहरु विभाजित भइरहेका बेला एमसीसी अध्यक्ष सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको प्रतिनिधिमण्डल नेपालको चार दिने भ्रमणमा आएको हो । जनस्तरमा चर्को विरोध भईरहेकै वेला टोली उच्च सुरक्षाका बीच एमसीसी बारे बुझ्न भन्दै नेपाल आएको हो ।

टोली विरुद्ध विमानस्थलमै प्रदर्शन भएको थियो भने बालकोटबाट फर्किदै गर्दा पनि कालो झण्डा देखाईएको थियो । यसरी प्रतिकुल समयमा टोलीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।