राजनीति

एमालेको विरोधपछि संसद् १५ मिनेट स्थगित


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नारावाजीपछि संसद् १५ मिनेटसम्मका लागि संसद् स्थगित गरेको छ । एमाले सांसदहरुले वेल घेराउ गर्दै नारावाजी जारी राखेका थिए ।

सभामुख अग्नि सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल हुन नसक्ने र आफूले जवाफ दिइसकेको बताएका छन् ।

एमालेका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, संसद्मा बल प्रयोग गर्न पाइँदैनजस्ता नारा लगाएका थिए ।