राजनीति

एमसीसी सम्झौता प्रक्रियामा सघाउन ओलीलाई सुमारको आग्रह


काठमाडौँ – मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सम्झौता प्रक्रियामा सघाउन आग्रह गरेकी छन् ।

एमसीसी उपाध्यक्षले सुमारले एमाले अध्यक्ष ओलीलाई अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी हुन् ।

बिहीबार विहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् । सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष ओलीसँग गरेकी छन् ।

एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल लगायत सहभागी थिए ।

ओलीले एमसीसी उपाध्यक्ष सुमारलाई अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएका हुन् ।

‘हामिले हतारिएर पोजिसन बनाउँदैनौँ । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्राईले भने ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’