राजनीति

वाग्मतीमा १० मन्त्री नियुक्तिको तयारी


काठमाडौँ – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १० मन्त्रीलाई नियुक्ति गर्ने तयारी गरेकी छन् । उनले नियुक्त गरेका १० मन्त्रीको आज दुई बजे नै शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।

शाक्यको मन्त्रिपरिषद्मा जानेहरूमा अजय क्रान्ति, चन्द्र लामा, रचना खड्का, शान्तिप्रसाद पौडेल, प्रदीप कटुवाल, विजय सुवेदी, सरस्वती बाटी, बद्री मैनाली, जुनेली श्रेष्ठ र जीवन खड्का छन् । ती मध्ये मैनाली, बाटी, श्रेष्ठ र खड्का राज्यमन्त्री हुनेछन् ।

मुख्यमन्त्री शाक्यको सरकार यसअघि नै अल्पमतमा परिसकेको छ । नेकपा एमाले विभाजनमा माधवकुमार नेपालको साथ छाडेर ओली पक्षमा लागेसँगै उनको मुख्यमन्त्रीको पद जोखिममा
छ ।
अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डे मात्र छन् । एमाले प्रमख सचेतक दीपक निरौलाका अनुसार मुख्यमन्त्री शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधानबमोजिम संसद् ‘फेस’ गर्ने तयारी गरेकी छन् ।