विदेश

पानी पार्न नाबालिकालाई निर्वस्त्र घुमाउने परम्परा


काठमाडौँ – वर्तमान अवस्थमा नेपालको अधिकांंश जिल्लमा वर्षाका कारण ठूलो क्षति भएको छ । अतिवर्षाका कारण बाढी पहिरोले कयौं नागरिकको उठिबास लागेको छ । कयौं घरबार विहीन हुन पुगेको छ । तर यस्तै अवस्थामा नेपालको छिमेकी देश भारतमा वर्षा गराउन अनौठो कार्य गरिएको छ । नेपालमा वर्षाले ठूलो क्षति गराइरहेको समयमा भारतमा भएको रोचक समाचारबारे बीबीसीले छापेको छ ।

भारतको मध्यप्रदेशस्थित बुंदेलखंड गाउँमा वर्षा गराउन गाउँको रीति अनुसार छ नाबालिकालाई निर्वस्त्र पारी नग्न घुमाइएको छ । खडेरीले सुक्खा भएको मध्यप्रदेशको बुंदेलखंड क्षेत्रमा यो घटना भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ती नाबालिका नाङ्गै हिडिरहेको देख्न सकिन्छ । उनीहरूको काँधमा भ्यायुता बाँधिएको काठको डन्डी बोकाइएको छ ।

यसो गर्नाले वर्षाको देवता प्रसन्न हुने र वर्षा गराइदिने स्थानीयको विश्वास छ । राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले मध्य प्रदेशको दमोह जिल्ला प्रशासनसँग यस घटनाको बारेमा रिर्पोट मागेको छ । मध्य प्रदेश प्रहरीले यस घटनाको बारेमा कुनै औपचारिक उजुरी नपरेको तर यसबारेमा अनुसन्धान सुरु गरेको बताएको छ । ती बालिकालाई बलजफ्ती नाङ्गो पारी घुमाइएको पाइए कारबाही हुने त्यहाँकको प्रहरी अधिकारीले बताएका छन् ।

सो भिडियोमा ती बालिकाहरू जुलुसको साथसाथै गइरहेका छन् । उनीहरूको पछाडि गीत गाइरहेका महिलाहरूको एक समुह छ । ती बालिकाहरूमध्ये केहीको उमेर केवल पाँच वर्षको मात्र भएको बताइएको छ । यो जुलुस गाउँका प्रत्यक घरमा रोकिन्छ र ती बच्चाले घरवालाबाट अन्न जम्मा गर्छन् । यसरी जम्मा गरिएको अन्न पछि मन्दिरको भंडारेलाई दिइन्छ । यस जुलुलमा सहभागी एक महिलाले समाचार एजेन्सी पिटीआइलाई भने, “यसो गर्नाले वर्षा हुन्छ भन्ने हामी विश्वास गर्छौ ।”

दमोह जिल्ला अधिकारी एस कृष्ण चैतन्यले ती बालिकाका अभिभावकले यस रीतिमा भाग लिन अनुमति दिएको र उनीहरू आफै यस जुलुसमा सहभागी भएको बताए । उनले यस मामिलामा प्रशासनले केवल यस्तो अन्धविश्वासबाबट कुनै नतिजा निस्कदैन भनी गाउँलेलाई सचेत गराउन सक्ने बताए । भारतमा एउटा ठूलो हिस्साको खेतीपाती मनसुनी वर्षामा निर्भर छ । वर्षाको देवतालाई प्रसन्न बनाउन मानिसहरू स्थानीय रीतिरिवाजको सहारा लिन्छन् ।

केही समुदायमा यज्ञ र हवनको सहारा लिइन्छ जबकि केही भ्यागुता र गधाकाके विवाह गराउँछन् वा वर्षा ऋतुको देवतालाई प्रसन्न बनाउन गीत गाउँदै जुलुस निकाल्छन् । आलोचकहरू यस्ता परम्पराहरूले आफ्नो कठिनाइबाट मानिसहरूको ध्यान मोडिने बताउँछन्, तर संस्कृतिविद्हरू भन्छन् यस्ता अभ्यासहरू ती व्यक्तिहरूको निराशाको उपाय हो जो सहयोग माग्न जान अर्को कनै ठाउँ छैैन भन्ने विश्वास गर्छन् । बीबीसी