राजनीति

महरानी एलिजाबेथले दिएको सुनौलो बग्गी नारायणहिटीमा सार्वजनिक


काठमाडौँ – बेलायतकी महारानी एलिजाबेथले उपहार स्वरुप दिएको सुनौलो बग्गी नारायणहिटी दरबार संग्रहालयमा सार्वजनिक गरिएको छ । सोमबार बिहान एक विशेष कार्यक्रम गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको सुनौलो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । का अनुसार सो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने उक्त बग्गी पहिलो पटक राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गरिएको नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषनारायण दाहालले जानकारी दिए । कार्यक्रममा दिइएको जानकारीअनुसार यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ । जुन महारानी एलिजावेथ चढ्ने गर्छिन् ।