देश

पहिरोबाट खसेको ढुंगाले लागी बालकको मृत्यु


काठमाडौँ – जाजरकोटमा पहिरो खसेर एक बालको मृत्यु भएको छ । नलगाड नगरपालिका– ५ ढारसिर्केमा पहिरोबाट खसेको ढुंगा घरमा लाग्दा एक बालकको मृत्यु भएको हो।


रातिदेखि निरन्तर परेको पानीका कारण पहिरोबाट खसेको ढुंगाले लाग्दा १० वर्षीय छोरा प्रचण्डको मृत्यु भएको हो । घटनामा परि मृतकका बुबा ४६ वर्षीय गोरखबहादुर र उनकी श्रीमती ३५ वर्षीया शिला खड्का घाइते भएका छन्। घाइते दुवैको उपचार भइरहेको छ।

प्रहरीका अनुसार बिहान ३ बजेतिर ढुंगा खसेर घरमा लागेको थियो ।