समाचार

भारत महाराष्ट्रको कपडा कारखानामा विस्फोट, १ जनाको मृत्यु


काठमाडौँ – महाराष्ट्रको बोइसरस्थित जाखरिया कपडा कारखानामा विस्फोटपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमले भर्खर दिएको समाचारअनुसार घटनास्थलमा दमकल विभागका गाडी पुगिसकेका छन् । भवनभित्र धेरै मानिस फसेको आशंका गरिएको छ । विस्तृत विवरण आइसकेको छैन ।