कोरोना विशेष

दाङमा कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौँ – बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचारत लमही नगरपालिका–९ की २४ वर्षीया महिलाको मृत्यु भएको छ ।

उनको शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । ती महिला भदौ १० गतेदेखि अस्पतालमा आइसियुमा उपचाररत थिइन्। उनलाई निमोनिया, श्वासप्रश्वास र कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल सातजना कोरोना संक्रमितको आइसियुमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।