राजनीति

रातारात अडान र सिदान्त बेच्छन् नेता, राजनीति फोरी कि राजनीति गर्नेहरु ? (भिडियोसहित)


काठमाडौँ – नेपालका अधिकांश नेताहरुलेअहिले राजनीतिलाई व्यवसायका रुपमा लिई आफ्नो स्वार्थका रुपमा प्रयोग गरिरहेका छन् । पदकै लागि कहिले कोसँग मिल्ने र छुट्ने प्रवृत्तिले नागरिक भनेआजित बनेकाछन् ।

पछिल्लो समय नेपालको राजनीति त्याग नभएर सबैभन्दा ठूलो व्यवसाय बनिरहेको छ । पदकै लागि कहिले कोसँग मिल्ने त कहिले कोहिसँग छुट्ने प्रवृत्ति हाबी हुँदै गएको छ । हुनत राजनीति आफैंमा खराब त होइन तर त्यसभीत्रका पात्रले भने नेपालको राजनीतिलाई दुर्गन्धित बनाउँदै लगेका छन् । अहिले निष्ठाको राजनीति गर्ने नेतहरु भेट्नै मुस्किल छ ।

नेताहरु गतिलो पद पाउँन पार्टीलाई नै दाउँमा राख्न पनि पछि पर्दैनन् । दुरी बढ्दा तथानाम गाली गर्ने र पानी बारबारकै अवस्थामा पुग्ने नेताहरु पद र स्वार्थको लागि सबै थोक भूलि फेरि कुममा कुम जोडेर अगाडि मात्रै बढ्दैनन्, लम्पसार नै हुन पनि तयार हुन्छन् । नेपालका दलहरु कहिले सच्चिन्छन् थाहा छैन,तर आशा मारिहाल्नुपर्ने अवस्था भने नरहेको विश्लेषक बताउँछन् ।

त्यसोत आफ्नो स्वार्थकै लागि दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुनको धज्जी नै उडाए । ओलीको असंवैधानिक कदमको विरोध गर्दै अदालतसम्म हार गुहार गर्दै पुगेका सत्ता गठबन्धनको सरकारले पनि दुई महिनासम्म पनि केही माखो मार्न सकेको छैन । अरु त अरु राजनीतिक स्वार्थकै लागि यतिका समयसम्म मन्त्रिमण्डललाई पूर्णता दिन पनि सकेको छैन । अहिले पनि भागबण्डा र पदकै किचलोमै दलहरु अल्झिरहेका छन् । नेताहरुका गतिविधिले राजनीतिमा फोहोरी संस्कृतिले जरो गाडेको छ । राजीतिज्ञप्रति जनताका आसा भरोसा सेलाउँदै गएका छन् । जसमा कतिपय विश्लेषकहरु भने दलहरुको नीति र नेतृत्वमै परिवर्तन हुनुपर्नेमा जोड दिन्छन् ।

राजनीतिज्ञको लडाइँ कदापी पनि लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समावेशिता र सामाजिक न्यायको पक्षमा देखिदैन्् । बरु कताबाट कसलाई कसरी तल खसाल्ने, कसरी कमजोर बनाउने भन्नेमा उद्दत देखिन्छन् । तर पनि उनीहरु झुटा राष्ट्रवादी र विकासप्रेमी हुँ भन्ने भ्रम जनतामा बेचिरहेका छन् । तर आचरण र व्यवहार भने आजका राजनीतिज्ञमा ठ्याक्कै उल्टो देखिन्छ । दुई तिहाईको कम्युनिष्ट सरकार होस् या काँग्रेसको सरकार होस् । जुन सुकै सरकार आएपनि जनताले के पाए त ?

केपी ओलीलाई परास्त गरेर अघि बढेको सत्ता गठबन्धनले पनि महिना दिन नपुग्दै जनताको गुनासो सुनिने थलो संसद अधिवेशन अन्त्य गरेर आफ्नो स्वार्थपूर्तिका लागि दल विभाजन सम्बन्धी अध्यादेश ल्यायो । जसले नेकपा एमालेर जनता समाजवादी पार्टीमा विभाजन ल्यायो । राजनीतिज्ञको सत्ता, पद र शाक्तिको लडाइँले नेपाली राजनीति अहिले दिशाहीनताबनेको छ । अहिले कोरोनाले नेपाली अर्थतन्त्र धरायशी बनेको छ । नेपाली जनताको दौनिकी कष्टकर बनेको छ । यो अवस्थामा देशको अर्थतन्त्र उकास्न दलहरुले भूमिका खेल्नुपर्ने हो । तर दलहरु भने आ-आफ्नै स्वार्थमा रुमल्लिरहेका छन् ।