समाचार

झलनाथ खनाल भेट्न डल्लु पुगे प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । मिर्गौला प्रत्यारोपण गरी दुई महिनापछि भारतबाट फर्कएका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था बुझन् प्रधानमन्त्री देउवा खनालनिवास डल्लु पुगेका थिए ।

भेटमा देउवाले खनालको स्वास्थ्य लाभको कामना गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।