राजनीति

दार्चुला छानबिन समितिले भन्यो : एसएसबीको संलग्नता देखियो, होला त दोषीलाई कारबाही ?


काठमाडौँ – दार्चुला घटना छानबिन समितिले भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमै भएको निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानबिन समितिले एसएसबीको संलग्नतामा पुन: अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिश गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् ।

समितिले मंगलबार उक्त घटनाबारे बुझाएको प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीकै उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारिस गरेको छ । यस्तै बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न समितिको सिफारिस छ ।

आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न समितिको सिफारिस छ । आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।