समाचार

किन थुप्रियो काठमाडौँमा फोहोर ? हेर्नुहोस् सिसडोलको बिजोग


काठमाडौँ – सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा फोहोर थुप्रिएको छ । काठमाडौँ उपत्यका पुन दुर्घन्धीत बनेको छ भने महानगरको लाचारीपन पुन एकपटक उजागर भएको छ ।

काठमाडौँ महानगरले २ वर्षका लागि मात्रै फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले बिरोध गरेका छन् । बिरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको सिसडोलका स्थानीयहरुको गुनासो छ । सम्बन्धित निकायले जति सक्दो छिटो अर्को ठाउँमा यसको व्यवस्थापन गर्नुपर्ने स्थानीयबासी बताउछन् ।

काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरीकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । बर्षाको समयमा पानी पर्दा फोहोरको गाडी ठेल्ने तान्ने गर्दा पनि जुन रेसियोमा गाडीहरु जानुपर्ने थियो त्यसअनुसार फोहोरको गाडीहरु नगइसकेपछि यो समस्या आएको हो ।

सिसडोड ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताउनुभयो । उहाँले हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले ५० गाडीले मात्र फोहोर व्यवस्थापन गर्न गरेको जानकारी गराए ।

यता काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा फोहोरका कारण बाटोघाटो हिडिनसक्नु छ । दुर्घन्ध सहन नसक्ने भएपछि युथ कांग्रेस नेपालले भने महानगरपालीका मेयरको कार्यलयमा फोहोर छरिदिएका छन् । यस्तो अवस्था आउन नदिन काठमाडौँ महानगरपालीकाले छिटो भन्दा छिटो फोहोर व्यवस्थापन गर्न आवश्यक छ ।