राजनीति

वेपत्ता नागरिकमा पनि शक्ति केन्द्रको राजनीति, कहिले पाउँछन् न्याय


काठमाडौँ – हरेक वर्ष अगष्ट ३० लाई वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने गर्दछ । नेपालमा १० वर्षीय सशस्त्र द्वन्द्वका बेला वेपत्ता पारिएका ३२ सय बढी मानिसका आफन्तहरुले शान्ति प्रक्रिया शुरु भएको डेढ दशक पुग्दा पनि उनीहरुको अवस्थाबारे कुनै सुनुवाई भएको छैन । राजनीतिक दलहरुको आन्तरिक स्वार्थ र नेपालको भुराजनीतिक अवस्थितिका कारण यो समस्या अन्तरालसम्म पनि हल नहुने विज्ञहरुले बताएका छन ।

दश वर्षे सशस्त्र द्वन्द्वपछि नेपालले आफ्नो बलबुतोमा गरेको सशस्त्र द्वन्द्व व्यवस्थापन र नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरण मानिन्छ । संक्रमणकालबाट गुज्रिरहेका मुलुकहरुका लागि नेपालबाट पाठ सिक्नुपर्ने धेरैले सुझाव समेत दिने गरेका छन । संक्रमणकालिन द्धन्द व्यवस्थापन देखि मुलुकको विकास र समृद्धिको यात्रा तय गर्न सफल मुलुक नेपाल द्धन्द्धकालमा वेपत्ता पारिएकाहरुको खोजी कार्य र उनीहरुको परिवारलाई न्याय दिने सवालमा भने अझै मुकदर्शक बनेको छ ।

सरकारले द्धन्दको प्रत्यक्ष प्रभावमा द्वन्द्व पीडितहरुले न्याय र समास्या समधानका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नै गठन गरेर काम सुरु गरे पनि त्यसको प्रभावकारीता भने शुन्य छ । पीडितहरुले न्यायको अनुभूति गर्न पाएका छैनन् । संक्रमणकालिन न्याय र द्धन्द व्यवस्थापनमा नेपालले धेरै उपलब्धिहरु हासिल गरेका छन ।

द्धन्दबाट गुज्रिएका अन्य मुलुकहरुको तुलनामा नेपालले धेरै सफलता प्राप्त गरेको छ । वेपत्ताहरुको छानविनको सवालमा पनि धेरै काम भइसकेको छ । तर राजनीतिक दलहरुको स्वार्थ र नेताहरुको इच्छशतिmको अभावमा पीडिहरु अझ पीडामा छन् । सरकारले गठन गरेका आयोगहरु पनि आफ्नो कार्यकर्ता भर्ति गर्ने स्थानमा सिमित बनेका छन् ।

संक्रमणकालिन व्यवस्थापन आफैंमा चुनौतीपूर्ण विषय हो । नेपालमा मात्र नभई विश्वमा नै द्धन्द पछिको व्यस्थापन बढि चूनौतीपूर्ण हुने बताउँछन् । नेपालमा भने राजनीतिक दलका नेताहरुमै द्धन्द व्यवस्थापनका लागि जागरुक नरहेको विज्ञहरुको टिप्पणी छ । छिमेकी मुलुकहरुको गलत स्वार्थका कारण पनि नेपालको द्धन्द वयवस्थापन कठिन मोडमा पुगेको बताइन्छ ।

यस आयोगमा हाल सम्म ३२ सय भन्दा बढि उजुरीहरु प्ििडत पक्षद्धारा दायर भएका छन् । अझै उजुरीहरु आउने क्रम जारी छ । तर छानवीनको प्रक्रिया भने शुन्य छ । हरेक वर्ष
वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइन्छ । भव्य औपचारिक कार्यक्रहरु र तारे होटलहरुमा सेमिनारहरु आयाजना गरिन्छ, तर पीडितले कहिल्यै न्याय पाउन सकेनन् । द्धन्द सकिएको १५ वर्ष वितिसक्दा समेत आफ्नो मान्छेको अवस्था थाहा पाइन्छ की भन्ने झिनो आशा अझै बााकी छ तर राज्य गैरजिम्मेवार बन्दा न्यायको ढोको बन्दप्राय अवस्थामा छ ।