देश

घुस लिएको आरोपमा प्रहरी नै पक्राउ


काठमाडौँ – घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा असई सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको हो ।

ती प्रहरीले उक्त महिलासँग लागू औषध रहेको सूचना भएको र पैसा नदिए पक्राउ गर्ने भन्दै ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।