देश

छुट्टा–छुट्टै ठाउँमा १० र १५ वर्षीय बालिकामाथि बलात्कार, १० दिनसम्म होटलमा राखी करणी


काठमाडौँ – नेपालको मध्यपश्चिम जिल्ला म्याग्दीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको छ । १० दिनसम्म होटल फेरी पटक पटक जबरजस्ती गरेको प्रहरीले बताएको छ ।

मालिका गाउँपालिका ५ बस्ने १५ वर्षीय किशोरले भदौ २ गतेदेखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि करणी गरेको खुल्न आएको छ । बलात्कार गर्ने किशोरलाई प्रहरीले पक्राउ गरी कारवाही शुरु गरिसकेको छ ।

यस्तै कञ्चनपुरमा पनि १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षका किशोरलाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका ४ जाँई बस्ने आरोपीको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।