समाचार

सांसद उप्रेती उपचारको लागि दिल्ली प्रस्थान


काठमाडौँ – सर्लाहीबाट निर्वाचित प्रदेश २ का सांसद डिल्ली उप्रेती उपचारको लागि दिल्ली प्रस्थान गरेका छन् । मुत्रथैलीमा समस्या देखिएपछि उनी उपचारको लागि शुक्रबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

काठमाडौंको बीएण्डबी अस्पतालमा परीक्षण गराउँदा प्रोस्टेड नजिकै समस्या देखिएको उप्रेतीले बताए । ‘बीएण्डबीले उपचारको लागि भारत जान सल्लाह दियो,’ उप्रेतीले भने, ‘दिल्लीस्थित राजिब गान्धी मेमोरियल अस्पतालमा उपचार गर्ने सल्लाह भएको छ ।’

नेकपा (एमाले) सर्लाहीका प्रभावशाली नेतासमेत रहेका उप्रेती गएको निर्वाचनमा सर्लाही ३ (क) बाट निर्वाचित भएका थिए । एमाले विभाजित हुँदा उनी अहिले माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेका छन् ।