देश

कावासोतीको पत्थर खोलामा आएको बाढीले झोलुङ्गे पुल बगायो


काठमाडौँ – कावासोतीको पत्थर खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । २ वर्ष पहिला निर्माण गरिएको गोरसतीमा रहेको झोलुङ्गे पुल शुक्रबार बिहान आएको बाढीले बगाएको हो ।

पुल भन्दा केहि तलतिर सिंचाईका लागि बाँध बाँधेको र खोलाले बहाव फेर्दा पुल बगाएको स्थानीयले बताएका छन् । करिब ४२ लाख लागतमा निर्माण गरिएको सो झोलुङ्गे पुलको दुई वर्ष अघि निर्माण सम्पन्न भएको थियो ।