राजनीति

संस्थापनइतर समूहको बैठक सकियो,सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड


काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको संस्थापनइतर समूहका नेताहरुको बैठक सकिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ । बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ । साथै, पार्टी कार्यालयमा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराइने पौडेल समूहले जनाएको छ ।